क्रिकेटर ऋद्धिमान साहाद्वारा सन्यासको घोषणा
एजेन्सी : भारतीय क्रिकेटर ऋद्धिमान साहाले क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। ४० वर्षीय साहाले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका हुन्।
आफ्नो पोस्टमा उनले लेखेका छन्, ‘क्रिकेटमा अविस्मरणीय यात्रापछि यो सिजन मेरो अन्तिम सिजन हुनेछ। सन्यास लिनुअघि रणजी ट्रफीमा मात्रै खेल्दै बंगालको प्रतिनिधित्व गर्ने मौका पाएकोमा म गर्व गर्छु। यो सिजन अविस्मरणीय बनाऔं।’
ऋद्धिमान साह लामो समयदेखि बंगाल रणजी टिममा विकेटकिपरको भूमिका निर्वाह गर्दै आएका छन्।
उनी भारतीय क्रिकेट टिमको पनि सदस्य भइसकेका छन्। साहाले भारतका लागि ४० टेस्ट खेलमा १३५३ रन बनाएका छन्। यसबाहेक उनले ९ ओडिआई खेल पनि खेलेका छन् जसमा उनले ४१ रन बनाएका छन्।
साहाले सन् २०२१ मा भारतीय टोलीका लागि अन्तिम टेस्ट र २०१४ मा अन्तिम एकदिवसीय खेल खेलेका थिए।
यस बाहेक उनी आईपीएलका पाँच टोलीहरू कोलकाता नाइट राइडर्स, चेन्नई सुपर किंग्स, पञ्जाब किंग्स, सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सको पनि हिस्सा भइसकेका छन्।
कात्तिक १९, २०८१ सोमबार ११:५६:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।