बाढीग्रस्त क्षेत्रमा जाँदा स्पेनका राजालाई ‘लाज पचाएको’ भन्दै आक्रोशित स्थानीयले माटोले हाने

बाढीग्रस्त क्षेत्रमा जाँदा स्पेनका राजालाई ‘लाज पचाएको’ भन्दै आक्रोशित स्थानीयले माटोले हाने

एजेन्सी : बाढीग्रस्त क्षेत्र भ्यालेन्सिया क्षेत्रको भ्रमणमा पुगेका स्पेनका राजा फिलिप छैटौँलाई ढिला आएको भन्दै स्थानीयले माटोले हिर्काए। उनी बाढीबाट प्रभावित क्षेत्रको भ्रमणमा जाँदा भिडले  ‘लाज पचाएको’ भन्दै माटोले आक्रमण गरेका थिए।

स्पेनमा सोमबार आएको बाढीमा परी दुई सयभन्दा बढीको ज्यान गएको छ भने कैयौँ अझै बेपत्ता छन् । बाढी पीडितहरूले राजालाई यस्तो त्रासदी रोक्न के गर्यौ भन्दै प्रश्न गरेका थिए।

भारी वर्षा र बाढीपछिको अवस्थामा राहत तथा खोजीमा भएको कामलाई लिएर भ्यालेन्सियाको प्रान्तीय सरकारको समेत आलोचना भइरहेको छ। 

कात्तिक १८, २०८१ आइतबार २३:०२:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।