थरी-थरीका भाइटीका : राष्ट्रपति र प्रधानमन्त्रीको टीका सरकारी निवासमा, दिदी बहिनी-दाजु भाइ नभएकाको मन्दिरमा
काठमाडौँ : दिदी बहिनी अनि दाजुभाइ बिचको प्रेम सम्बन्धको पर्व भाइटिकामा राष्ट्रपति रामचन्द्र पौडेलदेखि दिदी बहिनी अनि दाजुभाइ नभएकाहरूसम्म उत्तिकै रमाएर सहभागी भए। राष्ट्रपति अनि प्रधानमन्त्री जस्तो उच्च ओहदामा रहेकाहरूले आ-आफ्नो सरकारी निवासमा दिदी बहिनीलाई निम्ता दिएर टीका लगाए।
नियमित रूपमा घर-घरमा सर्वसाधारणहरूले भाइटीका लगाए। दिदी बहिनी अनि दाजु भाइ नहुनेहरू रानीपोखरीमा रहेको मन्दिरमा पुगेर टीका लगाए। नेपाल भ्रमणमा रहेका पर्यटक, बालगृहमा रहेका बालबालिकाहरूले समेत भाइटीका लगाए आपसी प्रेम र सद्भाव बाँडे २०८१ को तिहारमा।
दिदी-बहिनी मात्र भएकाले एक आपसमा टीका लगाएर पनि मनाए, दाजुभाई मात्र भएकाले पनि एक अर्कालाई टिका लगाएर २०८१ को तिहारको विदाई गरे।
कात्तिक १८, २०८१ आइतबार २२:४५:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।