चालक दलका सात सदस्य मात्रै बोकेर भैरहवा आयो थाइ एयर एसिया

चालक दलका सात सदस्य मात्रै बोकेर भैरहवा आयो थाइ एयर एसिया

बुटवल : थाइ एयर एसियाले बैंकक-भैरहवा-बैंकक उडान आजदेखि शुरू गरेको छ।

थाइल्यान्डको बैंककबाट आएको सो जहाज विहान सात बजे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

पहिलो उडानमा चालक दलका ७ जना सदस्य मात्रै थिए।

थाई एयर एशियाले शुरूमा आइतबार र शुक्रबार गरि हप्तामा दुई उडान गर्ने विमानस्थलका प्रवक्ता विनोद राउतले जानकारी दिए। अर्को उडान कात्तिक २३ गते हुनेछ।

अर्को हप्ताबाट सोमबार र बिहीबार उडान हुनेछ। भैरहवाबाट बैंककतर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपैयाँ रहेको छ।

योसँगै नोभेम्बर नौ बाट जजिरा एयरले पनि साताको दुई दिन उडान गर्ने तयारी गरेको प्रवक्ता राउतले बताए।

कात्तिक १८, २०८१ आइतबार १०:४०:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।