विश्वको सबैभन्दा ठूलो गोहीको मृत्यु, गिनिज बुकमै लेखिएको थियो नाम
एजेन्सी : विश्वको सबैभन्दा ठूलो र ११० वर्षको गोहीको मृत्यु भएको छ। गोहीको नाम ‘क्यासियस’ थियो।
‘क्यासियस’ नामक यो गोहीलाई सन् १९८० को दशकमा अस्ट्रेलियाको उत्तरी क्षेत्रमा क्विन्सल्याण्डमा राखिएको थियो।
यो गोहीले यस क्षेत्रमा आएका पशुचौपाया र पर्यटकहरूको गाडीमा आक्रमण गर्ने गरेको थियो।
संसारको सबैभन्दा ठूलो गोही करिब पाँच मिटर लामो र एक टन तौलको थियो। यद्यपि उनको उमेरबारे यकिन जानकारी आएको छैन।
२०११ मा क्यासियसको नाम विश्वको सबैभन्दा ठूलो गोहीको रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पनि रेकर्ड गरिएको थियो।
उनलो मृत्युपछि गोही संरक्षण संस्था मरिनल्याण्ड मेलानेसियाले आफ्नो सोशल मिडिया प्लेटफर्ममा गोहीको लागि भावनात्मक पोस्टमा लेख्दै भनेको छ, ‘क्यासियस हाम्रो प्यारो साथी र हाम्रो परिवारको गर्व सदस्य हुनुहुन्थ्यो।’
कात्तिक १८, २०८१ आइतबार ०९:३४:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।