युएईसँग पाँच विकेटले हार्यो नेपाल, प्रतियोगिताबाटै बाहिरियो
काठमाडौं : युएईसँग पराजित भएसँगै नेपाली टोली ‘हङकङ सिक्सेस’ प्रतियोगिताबाट बाहिरिएको छ।
प्लेट सेमिफाइनलमा हङकङसँग पाँच विकेटले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।
शनिबार भएको क्वार्टरफाइनलमा श्रीलंकासँग पराजित भएपछि नेपाली टोलीले आज युएईसँग प्लेट सेमिफाइनल खेलेको थियो।
हङकङको मङ कोक मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपाली टोलीले निर्धारित छ ओभरमा तीन विकेट गुमाएर ९६ रन बनाएको थियो।
नेपालका लागि विवेक यादवले १६ बलमा अविजित रहँदै सर्वाधिक ४९ रन बनाउँदा लोकश बम १९ रनमा आउट भए। प्रतिश जिसीले नटआउट रहँदै १४ रन जोडे।
युएईका अकिफ राजाले दुई र सञ्चित शर्माले एक विकेट लिए।
जवाफी लक्ष्य पछ्याएको युएईले ५.२ ओभरमा एक विकेट गुमाएर लक्ष्य भेट्टायो।
उसका लागि कप्तान आशिफ खानले ५५ रन बनाउँदा अंश टन्डनले नटआउट २३ रन जोडे। त्यसबाहेक खालिद शाह १५ रनमा आउट भए।
नेपालका रसिद खानले एक विकेट लिए।
कात्तिक १८, २०८१ आइतबार ०९:११:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।