नेपाल संवत् मूल समारोह समितिलाई दिने सहयोग रकम बढाएर १५ लाख पुर्याइयो : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक पर्वलाई भाँड्ने खालका क्रियाकलाप कसैले गर्न नहुने बताएका छन्।
नेपाल संवत् नयाँ वर्ष ११४५ का अवसरमा काठमाडौंको वसन्तपुरमा आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कुनै चलिरहेका समयमा बाँदर आएर यज्ञ बिथोले जस्तै हाम्रा सांस्कृतिक चाड र पर्वलाई बिथोल्ने प्रयास हुन नहुने बताए।
प्रधानमन्त्री ओलीले नेवारी संस्कृति र भाषा नेपालको एक समृद्धि संस्कृति र विशेष पहिचानको विषय बनेको चर्चा गर्दै नेपाल संवत्लाई कामकाजका भाषाका रुपमा प्रभावकारी कार्यान्वयन, राष्ट्रिय विभूति शंखधर साख्वाका विषयमा अध्ययन अनुसन्धान कक्षा ९ र १० को ऐच्छिक विषयका रूपमा नेपाल भाषालाई पनि समावेश गर्ने जस्ता यस क्षेत्रका मागका विषयमा सरकारको ध्यान जाने सुनाए।
उनले नेपाल संवत् मूल समारोह समिति आयोजनाका लागि सहयोगस्वरूप विगतमा आफू हुँदा थालनी भएको र बीचका केही वर्ष रोकिएको १० लाख रूपैयाँ वृद्धि गरी यस वर्ष सरकारले १५ लाख रकम दिएको जानकारी गराए।
कात्तिक १७, २०८१ शनिबार १६:२१:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।