क्यान्सर पीडित पत्रकार रजेन्द्रको उपचारकोक्रममा अमेरिकामा निधन
काठमाडौँमा : नेपाली फोटोपत्रकार रजेन्द्र केसीको अमेरिकामा अल्पायुमै निधन भएको छ। फोटोपत्रकार क्लबका अनुसार उनी केही समयदेखि पेङक्रियाजको क्यान्सरको उपचारमा संलग्न थिए।
अमेरिकामा उपचारको क्रममा २०८१ कात्तिक १७ गते शनिवार उनको निधन भएको क्लबद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। केसीको श्रीमती र एक छोरी अमेरिकामै छन्।
राजधानी दैनिक, अन्नपूर्ण पोस्ट लगायतका विभिन्न दैनिकहरू करिब २ दशकदेखि फोटो पत्रकारिता सक्रिय फोटोपत्रकार केसी ६ वर्षदेखि अमेरिका थिए। उनी फोटोपत्रकार क्लब पूर्व कोषाध्यक्ष समेत हुन्।
कात्तिक १७, २०८१ शनिबार १५:४०:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।