फैलँदो नेपाल संवत् : उपत्यकाबाट मधेस र पहाडसम्मै उत्सव

फैलँदो नेपाल संवत् : उपत्यकाबाट मधेस र पहाडसम्मै उत्सव

काठमाडौँ नेपाल संवत् ११४५ को अवसरमा शनिवार देशभरमा झाँकी सहितको र्याली तथा कार्यक्रमहरू भइरहेका छन्। मौलिक नेवार समुदायको पोसाकमा सजिएर बाजागाजासहित उत्सव मनाउनेक्रम जारी छ।

विशेष गरेर काठमाडौँ उपत्यकामा नेपाल संवत् धूमधामले मनाउने गरिन्थ्यो। काठमाडौँ उपत्यकाबाहिर रहेका नेवार समुदायले फाट्टफुट्ट मनाउने गरेमा अब यो मधेसमा वीरगन्जदेखि पहाडमा सङ्खुवासभासम्म पुगिसकेको छ।

पछिल्लो समय नेपाल संवत् सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्ने क्रम बढेको छ। हिजोका दिनमा एक समुदायको संवत् रूपमा हेरिने नेपाल संवत् अब फराकिलो आकार लिँदै गएको छ।

 

 

 

नेपाल सम्वत् ११४५ को अवसरमा शनिबार बेनीमा नेपाल भाषा मङ्का खःल म्याग्दीले आयोजना गरेको झाँकी सहितको र्‍यालीमा मौलिक पोषाकमा सजिएका नेवार समुदाय । तस्बिर : सन्तोष गौतम/ रासस

नेपाल सम्वत् ११४५ को अवसरमा शनिबार बेँसीसहर बजारमा नेवाः खल लमजुङद्वारा आयोजित र्‍यालीमा नेवार संस्कृतिसँग आधारित टाकटुके नाच्दै । तस्बिर : जनक श्रेष्ठ / रासस

नेपाल संवत् ११४५ समारोह समिति वीरगञ्जले शनिबार वीरगञ्जमा न्हुँ दयाँ भिन्तुनाको अवसरमा निकालेको पदयात्रा कार्यक्रम । तस्बिरः हिमाल लम्सालररासस

नेपाल संवत् ११४५ नव वर्षको अवसरमा नेवाः देय दबु संखुवासभाले खांदबारीमा शनिबार बिहान आयोजना गरेको शान्ति पदयात्रामा धिमेबाजा बजाउँदै स्थानीय युवाक युवती । तस्बिरः सुजन बज्राचार्य/रासस

नेपाल संवत् ११४५ नव वर्षको अवसरमा नेवाः देय दबु संखुवासभाले सदरमुकाम खांदबारीमा शनिबार बिहान आयोजना गरेको शुभकामना पदयात्रामा सहभागी । तस्बिरः सुजन बज्राचार्य/रासस

नेपाल संवत् ११४५ का अवसरमा काठमाडौँको जयवागश्वरी क्षेत्रमा आयोजित भिन्तुना पदयात्राको समुद्धाटन गर्दै नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा । तस्बिरः किरणराज विष्ट/रासस

नेपाल संवत् न्हुद राष्ट्रिय समारोह समितिद्वारा शनिबार वसन्तपुरमा आयोजित न्हुँद ११४५ या सलताया भिन्तुना सभाका सहभागी नेवारी समुदाय। तस्बिरः किरणराज बिष्ट/रासस

नेपाल संवत ११४५ को अवसरमा नेवाः देय दवु गुठी समन्वय समिति व्यास नगरले शनिबार तनहुँ सदरमुकाम दमौलीमा निकालेको पदयात्रामा सहभागी नेवार समुदाय । तस्बिर : कृष्ण न्यौपाने/रासस

 

कात्तिक १७, २०८१ शनिबार १४:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।