हङकङ सिक्सेस : अष्ट्रेलियामाथि नेपालको शानदार जित, श्रीलंकासँग आजै दिउँसो क्वार्टरफाइनल खेल्ने
काठमाडौं : हङकङमा जारी ‘हङकङ सिक्सेस’को दोस्रो खेलमा नेपालले अष्ट्रेलियामाथि ११ रनको शानदार जित निकालेको छ।
नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया पाँच विकेटको क्षतिमा एक सय रनमा समेटियो।
उसका लागि ज्याक उडले अविजित रहँदै १२ बल ५० रन बनाए। नेपालका लागि प्रतिश जिशीले ३ तथा लोकेश बम र विवेक यादवले एक-एक विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित ६ ओभरमा दुई विकेट गुमाएर १११ रन बनाएको थियो।
नेपालका लागि सन्दीप जोराले अर्धशतक प्रहार गरे। १६ बल खेलेका उनले ५१ रन बनाएर खेलको नियम अनुसार रिटायर्ड हर्ट भए।
यस्तै लोकेश बमले १३ बलमा ३३ रन बनाए। अस्ट्रेलियाका ज्याक हुडले २ विकेट लिए।
पहिलो खेलमा नेपालले इंग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो।
जितसँगै क्वार्टरफाइनल प्रवेश गरेको नेपालले आजै दिउँसाे साढे १ बजे श्रीलंकासँग खेल्दैछ।
कात्तिक १७, २०८१ शनिबार ०७:३४:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।