खुल्ला देउसी भैलो प्रतियोगितामा सरस्वती सिस्ने महिला समूह प्रथम

खुल्ला देउसी भैलो प्रतियोगितामा सरस्वती सिस्ने महिला समूह प्रथम


गण्डकी : भरतपोखरी विकास मञ्चद्वारा आयोजित खुल्ला देउसी भैलो प्रतियोगितामा सरस्वती सिस्ने महिला समूह प्रथम भएको छ। सरस्वती टीका माध्यमिक विद्यालय द्वितीय, नेपाल युवा रेडक्रस सर्कल भरतपोखरी उपशाखा तृतीय र शिशुकल्याण माध्यमिक विद्यालय खल्याण गण्डकीबेसीले सान्त्वना स्थान प्राप्त गरेका छन्।

प्रतियोगिताका विजयी समूहलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ। पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी तथा भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लीराम बरालले ती समूहलाई संयुक्त रूपमा पुरस्कार प्रदान गरेका थिए।    
 

त्यस्तै एकल नृत्य प्रतियोगितामा स्वस्तिका आचार्य प्रथम, शिरिषा मल्ल ठकुरी द्वितीय, बिपासा बिक तृतीय र सुनिता अधिकारीले सान्त्वना स्थान प्राप्त गरे। विजयीलाई क्रमशः सात हजार, पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ नगदसहित प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो ।    
    
सोही कार्यक्रममा नेपाली मौलिक कला साहित्य सङ्गीत र अभिनयका क्षेत्रमा क्रियाशील गण्डकी साहित्य सङ्गमका अध्यक्ष साहित्यकार भीम रानाभाटलाई साहित्यका क्षेत्रमा, सनिशा भट्टराईलाई अभिनयका क्षेत्रमा, पूजा भण्डारीलाई अन्तर्राष्ट्रिय बुद्धिचाल खेलाडीका रूपमा र कलाकार सुरेश मल्ल ठकुरी (टुकी) लाई गायन तथा सङ्गीतका क्षेत्रमा योगदान पुर्याएको भन्दै सम्मान पत्र, दोसल्लासहित सम्मान गरिएको थियो।    
    

कात्तिक १६, २०८१ शुक्रबार २०:१३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।