शुक्रबार १६ कात्तिक, २०८१
कीर्तिपुरको मेयरमा एमालेबाट डा मानन्धरको नाम सिफारिस
काठमाडौँ : आगामी उपनिर्वाचनका लागि एमालेले कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा डा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ।
एमाले कीर्तिपुर नगर कमिटीको शुक्रवार बसेको बैठकले डा मानन्धरलाई सर्वसम्मत उम्मेदवार बनाउन सिफारिस गरेको एमाले काठमाडौँ जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले जानकारी दिए। डा मानन्धर एमाले केन्द्रीय सदस्यसमेत हुन्।
कात्तिक १५, २०८१ शुक्रबार २०:०५:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।