तिहारमा सुनसान काठमाडौँका सडक
काठमाडौँ : दशैँमा प्राय काठमाडौँ लगायतका शहरी क्षेत्रको जनघनत्व ह्वात्तै घट्दा सडक अनि सार्वजनिक स्थलमा चहलपहल निकै पातलो बन्छ। तर तिहारमा ठ्याक्कै उल्टो दृश्य देखिने गरेका थिए। तिहारमा शहरी क्षेत्रमा चहलपहल पनि बाक्लै हुन्छ। दशैँ जस्तो सुनसान देखिँदैनथे सडकहरू।
तर यस पटक भने अलि भिन्न दृश्य देखियो काठमाडौँको सडकमा। तिहारमा पनि काठमाडौँका सडक रित्ता छन्। सुनसान छ।
दशैँ अगाडिको बाढी पहिरोले काठमाडौँ उपत्यकाबाट बाहिरिने सडकमार्ग भत्काएका थिए। सवारी आवागमन त शुरु भयो तर अझैँ सहज छैन। तर तिहार मान्न आफ्नै थाँतथलो जान सडकको अवरोधले रोकेको देखिएन।
कात्तिक १६, २०८१ शुक्रबार १४:३३:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।