नुवाकोटमा मिनिट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक जनाको अवस्था गम्भीर
नुवाकोट : लिखु गाउँपालिका-६ छहरेमा मिनीट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाका अनुसार टोखा-छहरे सडकमा गए राति भएको दुर्घटनामा तादी गाउँपालिका-३ का ३५ वर्षीय विनोद चौलागाईंको मृत्यु भएको हो।
दुर्घटनामा तादी–३ का राजाराम श्रेष्ठ गम्भीर घाइते भएका छन्। निजको ग्रिनसिटी अस्पताल काठमाडाैंमा उपचार भइरहेको छ।
दुर्घटनापछि मिनीट्रकका चालक फरार रहेकाले निजको खोजी भइरहेको कोइरालाले बताए।
कात्तिक १६, २०८१ शुक्रबार १०:१६:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।