कोमोविरुद्ध लाजियोको ५-१ गोल अन्तरको शानदार जित
काठमाडौं : लाजियोले कोमोविरुद्धको खेलमा शानदार प्रदर्शन गर्दै ५-१ को जित हात पार्दै इटालियन सिरी ए तालिकामा पाँचौं स्थानमा उक्लिएको छ।
यस जितले लाजियोको सिजनको राम्रो लयलाई निरन्तरता दिएको छ, र यससँगै युभेन्टसलाई पछि पार्दै टोलीले महत्त्वपूर्ण तीन अंक बटुलेको छ।
खेलको सुरुवात केही ढिलो गतिमा अघि बढ्यो, जहाँ दुवै टोलीले अवसर सिर्जना गर्न संघर्ष गरेका थिए।
तर, २८ औं मिनेटमा अर्जेन्टिनी खेलाडी ताटी कास्टेलानोसको हेडर अल्बर्टो दोस्सेनाको हातमा लागेपछि रेफ्रीले पेनाल्टीको इशारा गरे। कास्टेलानोसले उत्कृष्ट संयम देखाउँदै गोलकिपर एमिल औडेरोलाई गलत दिशा पठाउँदै गोल गरेपछि लाजियोले अग्रता लिएको थियो।
त्यसको ३ मिनेटपछि लाजियोका पेड्रोले टोलीको अग्रता दोब्बर बनाए। गुस्ताभ इसाक्सनले खेललाई बायाँ तर्फ पास गर्दै नुनो तावारेसलाई बल उपलब्ध गराए। तावारेसले उत्कृष्ट पास मार्फत स्पेनी खेलाडी पेड्रोले गोलमा परिणत गरेका थिए।
पहिलो हाफमा २ गोल गरेको लाजियोले दोस्रो हाफको सुरुमा भने १ गोल व्यहोरेको थियो। कोमोका लागि लुका माज्जिटेलीले उत्कृष्ट एक्रोब्याटिक प्रहार मार्फत गोल गर्दै ५३ औं मिनेटमा टोलीलाई खेलमा फर्काउने प्रयास गरे।
दोस्रो हाफमा खेल अझ रोमाञ्चक बन्यो। दुवै टोलीलाई १० खेलाडीमा सीमित भए। जब कोमोका मथियास ब्राउन्डेर र लाजियोकाका नुनो तावारेसले लगातार दोस्रो पहेंलो कार्ड पाएर मैदान बाहिरिए। कोमोका माथिस ६२ औं र लाजियोका नुनो ६५ औं मिनेटमा बाहिरिएका थिए।
तर, कोमोले गोलको अवसर गुमाइरहेका बेला लाजियोले तीन गोल थप्दै आफ्नो अग्रतालाई फराकिलो बनायो। ७१ औं मिनेटमा प्याट्रिकले गोल गरेपछि लाजियो ३-१ ले अघि बढेको थियो।
८१ औं मिनेटमा कास्टेलानोसले अर्को गोल थपेका थिए भने इन्ज्योरी टाइममा म्यानुअल लाज्जारीको काउन्टर-अट्याकमा लाउम चाउनाले गोल गर्दै टिमलाई ५-१ को फराकिलो जित दिलाए। यस जितपछि लाजियो सिरी ए को तालिकामा पाँचौं स्थानमा उक्लिएको छ।
कात्तिक १६, २०८१ शुक्रबार ०८:००:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।