प्रचण्ड निवास खुमलटारमा लोक संगीतकर्मीको देउसी-भैलो

प्रचण्ड निवास खुमलटारमा लोक संगीतकर्मीको देउसी-भैलो

काठमाडौं : राष्ट्रिय लोक संगीतकर्मी नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेर देउसी-भैलो खेलेको छ। 

लोक संस्कृतिको संरक्षण र प्रचार प्रसार गरी शान्ति, प्रेस स्वतन्त्रता र पत्रकारको हकहितको संरक्षण गर्ने उद्देश्यले शीर्ष नेताहरूको घरमा देउसी–भैलो कार्यक्रम तय भएअनुसार प्रधानमन्त्री निवासमा देउसी खेलिएको हो।

कलाकारहरूसँग अध्यक्ष दाहालले शान्ति प्रक्रियामा आएदेखि कला र खेलकुद आफ्नो उच्च प्राथमिकतामा रहेको बताए।

कलाकारहरू मञ्जु पौडेल, राधिका हमाल, आयुषा गौतमलगायत देउसीभैलो खेल्दा अध्यक्ष दाहाल पनि उनीहरूसँगै छमछमी नाचेका थिए।  

देउसी-भैलाको कार्यक्रममा प्रधानमन्त्री निवास बालकोट, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवास खुमलटार र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वर र कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा देउसी-भैलो खेल्ने कार्यक्रम रहेको बताइएको छ। 

 

कात्तिक १५, २०८१ बिहीबार १५:३३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।