नेपाल प्रहरीका दुई डिआईजीको एआईजीमा बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका दुई डिआईजीको एआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौं : नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक(डिआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी)मा बढुवाका लागि सिफारिस गरिएको छ।

गृह मन्त्रालय बढुवा समितिको सचिवालयको बुधबार राति बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका दुई डिआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो।

बढुवा सिफारिस हुनेमा बुद्धिराज गुरुङ र केदार ढकाल हुनुहुन्छ। बढुवा सिफारिस भएका गुरुङ हाल अख्तियार दूरुपयोग अनुसन्धान आयोग टङ्गाल र ढकाल प्रहरी प्रधान कार्यालय नक्सालको प्रशासन विभागमा कार्यरत छन्।

बढुवा समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) बमोजिम बढुवाका लागि सिफारिस गरेको समितिका सदस्यसचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए।

कात्तिक १५, २०८१ बिहीबार १३:२६:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।