२२ सयले बढ्यो सुनको मूल्य

२२ सयले बढ्यो सुनको मूल्य

काठमाडौं : सुनको मूल्य हालसम्मकै महँगो भएको छ।

लगातार उकालो लागेको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा सुनको मूल्यमा उच्च वृद्धि भई कीर्तिमान कायम गरेको छ।

बुधबार प्रतितोला रु दुई हजार दुई सयले वृद्धि भई एक लाख ७० हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ७१ हजार रुपैयाँ निर्धारण भएको छ।

बुधबारको तुलनामा आज प्रतितोला तीन सयले रुपैयाँले वृद्धि भएको हो।

यस्तै चाँदीको मूल्य तोलामा रु ३० ले घटेको छ। बुधबार प्रतितोला रु दुई हजार एक सय २० मा कारोबार भएको चाँदी आजका लागि दुई हजार ९० रुपैयाँ निर्धारण भएको छ।

कात्तिक १५, २०८१ बिहीबार १३:२१:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।