घटनाको १३ दिनपछि घरमा भएको चोरीबारे बोले बेन स्टोक्स

घटनाको १३ दिनपछि घरमा भएको चोरीबारे बोले बेन स्टोक्स
चोरी भएको ओबीई पदकको साथमा बेन स्टोक्स

एजेन्सी : इंग्ल्यान्ड क्रिकेट टिमका कप्तान बेन स्टोक्सको घरमा चोरीको घटना सार्वजनिक भएको छ। यो घटना अक्टोबर १७ मा भएको हो।

घटनाको १३ दिनपछि इङ्लिस क्रिकेटर स्टोक्स आफैँले सोसल मिडिया प्लेटफर्म ‘एक्स’मा पोष्ट गर्दै घटनाबारे बताएका छन्।

पाकिस्तानमा टेस्ट शृंखलाको क्रममा मास्क लगाएको एक समूहले उनको घर चोरी गरेको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। यो समयमा स्टोक्सको घरमा उनकी श्रीमती र दुई छोराछोरी थिए।

घटनामा आफ्नो परिवारलाई कुनै क्षति नभएको बताउँदै उनले त्यो घटनामा आफ्नो परिवारको भावनासँग जोडिएका धेरै सामानहरू चोरी भएको उल्लेख गरेका छन्।

सन् २०१९ एकदिवसीय विश्वकपको प्रदर्शनको प्रशंसा स्वरुप २०२० मा प्राप्त भएको ओबीई पदक पनि चोरी भएको उनले बताएका छन्।

बेन स्टोक्सले आफ्नो पोस्टमा लेखेका छन्, ‘यस घटनामा मेरो परिवारका कुनै पनि सदस्यलाई हानि पुगेको छैन। तर मेरो परिवारको मानसिक र भावनात्मक अवस्थामा गहिरो प्रभाव पारेको छ। यो कति खराब अवस्था हुनसक्छ भनेर हामी कल्पना मात्र गर्न सक्छौँ।’

कात्तिक १५, २०८१ बिहीबार १०:५३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।