भीषण बाढीका कारण स्पेनमा कम्तीमा ९५ जनाको मृत्यु
एजेन्सी : स्पेनमा आएको भीषण बाढीका कारण देशभर कम्तीमा ९५ जनाको ज्यान गएको छ। कैयौं मानिस बेपत्ता भएका छन्।
स्पेनको पूर्वी प्रान्त भ्यालेन्सिया र आसपासका क्षेत्रमा मंगलबारदेखि परेको अविरल वर्षाका कारण अवस्था झनै नाजुक बनेको छ।
यस वर्षाले धेरै पुल र भवनमा क्षति पुगेको छ। आफ्नो ज्यान जोगाउन मानिसहरू घरको छत वा रूख चढ्नुपरेको थियो।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन्। धेरै मानिस बेपत्ता भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने सरकारको भनाइ छ।
कम्तिमा ९२ जनाको मृत्यु भ्यालेन्सियामा रेकर्ड गरिएको थियो, जबकि भ्यालेन्सियाको पश्चिम, क्यास्टिला-ला मान्चामा दुई र मलागामा एक ७१ वर्षीय ब्रिटिश नागरिकको मृत्यु भएको छ।
स्पेनमा बाढीका कारण मृत्यु हुनेको संख्या सन् १९७३ को बाढीपछिकै उच्च हो। सन् १९७२ को बाढीमा १५० जनाको मृत्यु भएको अनुमान गरिएको थियो।
कात्तिक १५, २०८१ बिहीबार ०७:४७:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।