उप-विजेता भएको महिला टोलीलाई महानगरको २५ लाखसहितको सम्मान

उप-विजेता भएको महिला टोलीलाई महानगरको २५ लाखसहितको सम्मान

काठमाडौँ : साफ महिला च्याम्पियनसिप २०२४ को उपविजेता भएको नेपाली महिला फुटबल टोलीलाई काठमाडौँ महानगरपालिकाले बुधवार बेलुका २५ लाख नगदसहित सम्मान गर्यो।

बुधवार साँझ नै दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशसँग २-१ ले पराजित भएर नेपाल उपविजेता भएको थियो। लगत्तै महानगरपालिकाले बुधबार राती नै सोल्टी होटेलमा कार्यक्रम गरेर टोलीलाई २५ लाख रुपैयाँ नगद पुरस्कार सहित उप विजेता भएकोमा सम्मान गरेको हो।

भारतलाई सेमिफाइनलमा हराएर नेपाली टोली फाइनलमा पुगे पनि उपाधि भने जित्न सकेन। बंगलादेशको यो दोस्रो जित हो।

महानगरका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोलसहितले नेपाली खेलाडीलाई माला लगाइदिएर २५ लाखको चेकको नमुना फ्लेक्स हस्तान्तरण गरेका थिए।

कात्तिक १५, २०८१ बिहीबार ००:०४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।