नेपाली टोलीको उत्कृष्ट प्रदर्शन भन्दै प्रधानमन्त्री ओलीले प्रशंसा गरे

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबलको उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन भन्दै प्रशंसा गरेका छन्।
आज भएको फाइनल खेलमा बङ्गलादेशले नेपालविरुद्ध २–१ गोलले जितेपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालबाट अब अर्काे खेल जित्ने गरी मेहनत हुने विश्वास व्यक्त गर्दै नेपाली टोलीलाई धन्यवाद दिए।
प्रधानमन्त्री ओलीले खेलमा विजयी खेलाडीलाई ट्रफी र पुरस्कार वितरण गरेका थिए।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलअन्तरले हराउँदा नेपाल उपविजेता भएको थियो।
कात्तिक १४, २०८१ बुधबार २२:०२:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।