बंगलादेशसँग स्तब्ध नेपाल

बंगलादेशसँग स्तब्ध नेपाल

काठमाडौं : साफ वुमन च्याम्पियनसिपमा नेपालविरुद्ध बंगलादेशले जित निकालेको छ। 

दशरथ रंगशालामा भएको खेलमा नेपाल २-१ गोलले नेपाल बंगलादेशसँग पराजित भएको हो। 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बंगलादेशले ५२ औं मिनेटमा अग्रता लिएको थियो। बंगलादेशकी मोनिका चक्माले गोल गरेकी थिइन्। 

तर, त्यसको ४ मिनेटपछि नेपालले गोल फर्कायो।  नेपालकी अमिसा कार्कीकी गोल गर्दै खेललाई बराबारीमा पुर्याइन्। 

खेलको ८० औं मिनेटमा बंगलादेशले नेपाललाई अर्को गोल थप्दै २-१ गोलले पछि पार्यो। 

बंगलादेशका खेलाडीले प्रहार गरेको बल नेपाली गोलकिपर एन्जिला तुम्बापोले पञ्च गरेर क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा छिरेको थियो।  

कात्तिक १४, २०८१ बुधबार २०:३६:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।