साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जित्यो
काठमाडौं : साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ। फाइनलमा बंगलादेशले नेपाललाई २-१ गोलले पराजित गर्यो।
बंगलादेश यसअघिको पनि च्याम्पियन हो। योसँगै बंगलादेशले लगातार दोस्रो पटक च्याम्पियनसिपको उपाधि जितेको हो।
खेलको ५२औं मिनेटमा बंगलादेशकी मोनिका चक्माको गोलले अग्रता लिएको बंगलादेशलाई तीन मिनेट टिक्न नदिइ अमिषा कार्कीले ५५औं मिनेटमा गोल फर्काएर नेपाललाई बराबरीमा पुर्याएकी थिइन्।
तर, खेलको ८०औं मिनेटमा बंगलादेशले पुन: गोल गरेर खेलमा अग्रता लिएको थियो। सोही अग्रतालाई कायम राख्दै बंगलादेशले दोस्रोपटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको हो।
कात्तिक १४, २०८१ बुधबार २०:२९:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।