चार मिनेटमै बंगलादेशविरूद्ध गोल फर्कायो नेपालले
काठमाडौं : दशरथ रंगशालामा चलिरहेको साफ वुमन च्याम्पियनसिपमा बंगलादेशविरुद्ध नेपालले गोल फर्काएको छ। बंगलादेशले गोल गरेको ४ मिनेटपछि नै नेपालकी अमिशा कार्कीले गोल फर्काइन्।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बंगलादेशले ५२ औं मिनेटमा अग्रता लिएको थियो।
बंगलादेशकी मोनिका चक्माले गोल गरेकी थिइन्। त्यसको ४ मिनेटपछि नेपालले गोल फर्कायो।
कात्तिक १४, २०८१ बुधबार १९:५८:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।