साफ वुमन च्याम्पियनसिपको फाइनल खेलमा ११ हजार टिकट बिक्री

साफ वुमन च्याम्पियनसिपको फाइनल खेलमा ११ हजार टिकट बिक्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले साफ वुमन च्याम्पियनसिपको फाइनल खेल दशरथ रंगशालामै गएर हेर्ने भएका छन्। प्रतियोगिताको उपाधिका लागि नेपाल र बङ्गलादेशबिच खेल आज साँझ ६ः३० बजे हुँदैछ। 

प्रतियोगिताको अवलोकन गर्न तथा पुरस्कार वितरणका प्रधानमन्त्री केपी शर्मा ओली पनि रङ्गशालामा जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

त्यस्तै, च्याम्पियनसिपको फाइनल खेलअघि ११ हजार टिकट बिक्री गरिएको छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहका अनुसार १५ हजार क्षमताको रंगशालामा साधारण र भीआईपीतर्फ गरी कुल ११ हजार टिकट बिक्री भएको हो। 

उनले सुरक्षा अवस्थालाई ध्यानमा राखी बाँकी चार हजार टिकट बिक्री नगरिएको बताए। 

कात्तिक १३, २०८१ बुधबार १८:०५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।