कम्युनिष्टभित्र खुला बहसको आवश्यकता छ : माधव नेपाल
काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनमा थरिथरिका विचारहरू देखा पर्ने बताएका छन्।
नेपाली कम्युनिष्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार विषयक वैचारिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलनमा थरिथरिका विचारहरु देखापर्ने भएकाले आफ्नो लक्ष्य र उद्देश्य परिपूर्ति गर्नका लागि र साकार पार्नका लागि शक्तिका साथ अगाडि बढ्नुपर्ने बताए।
उनले भने, ‘कम्युनिष्ट पार्टीका नेतापछि गएर दरबारको सामु आत्मसम्पर्ण गरे। कतिले धराशायी नै पारे, तर आन्दोलनलाई अघि बढाउने क्रममा २०२२ सालमा पनि अनेक कठिनाईहरू आए। अहिले पनि थुप्रै समस्याहरू देखा परिरहेका छन्। आन्दोलनमा एउटै बन्नुपर्छ किनभने हाम्रो शक्ति बढ्छ। शक्ति जति बढ्न सक्यो त्यति नै समाजमा राजनीतिमा महत्वपूर्ण भूमिका खेल्न सक्दछ।’
उनले कम्युनिष्टभित्र खुला बहसको आवश्यकता भएको बताए।
बहस गरेर लिएका नीतिहरूलाई प्रत्येकले आत्मसमीक्षा गरेर कतिले आन्दोलनलाई अघि बढाउनका लागि योगदान दिएका छौं भन्ने कुरा प्रष्ट हुने उनको भनाई छ।
कात्तिक १३, २०८१ बुधबार १७:४४:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।