साफ वुमन्स च्याम्पियनसिप : नेपाली टोलीलाई एक गोल बराबर एक लाख रूपैयाँ दिने घोषणा
काठमाडौं : गरिमा विकास बैंक लिमिटेडले दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच हुन गइरहेको साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटबलको फाइनल खेलमा नेपाली टिमलाई प्रति गोल १ लाख रूपैयाँको दरले पुरस्कार प्रदान गर्ने भएको छ।
बुधबार बंगलादेश विरूद्धको फाइनल खेलमा नेपाली टिमले गरेको गोलको आधारमा विकास बैंकले नेपाली टिमलाई प्रति गोल १ लाख प्रदान गर्ने भएको हो।
बैंकले नेपालमा फुटबल खेलको विकास, प्रबर्द्धन तथा खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यसहित त्यस पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ।
यस बैंकले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर मार्फत ग्राहकलार्ई सेवा प्रदान गर्दै आइरहेको छ।
कात्तिक १४, २०८१ बुधबार १६:५७:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।