सिंहदरबारको वैद्यखानाको लागि विकास समिति बनेको छ : स्वास्थ्यमन्त्री

सिंहदरबारको वैद्यखानाको लागि विकास समिति बनेको छ : स्वास्थ्यमन्त्री

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबारको वैद्यखानाको लागि विकास समिति बनेको बताएका छन्।

बुधबार धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस २०८१ को अवसरमा सिंहदरबार वैद्यखाना विकास समितिको ३०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले  विषयगत र क्षेत्रगत व्यक्तिहरूलाई विकास समितिमा राखेर वैद्यखानालाई अगाडि बढाउने प्रयास गरेको बताए।

उनले भने, ‘पहिलो चोटि सिंहदरबारको वैद्यखाना आएको हो। तर, यसको लागि हामीले विकास समिति बनाइसकेका छौं। धेरै भवनहरू छन्, पूर्वाधारहरू यस्तो रहेछन् भन्ने मलाई थाहा थिएन। हामीले गर्न खोजेका कामका लागि यहाँको पूर्वाधार पूर्ण नहोला तर, न्यूनतम् आवश्यकता अनुसारको रहेछ।’

उनले सिंहदरबारको वैद्यखानामा कयौं समस्याहरू भए पनि हामी सबैले मिलेर समस्याको समाधान गर्नुपर्ने बताए। 

उनले वैद्यखाना संस्थालाई सबै मिलेर उजागर गर्नसमेत आग्रह गरे।  

कात्तिक १४, २०८१ बुधबार १५:२६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।