बाढी पीडितका लागि भन्दै टेलिकमले प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ हस्तान्तरण
काठमाडौं : नेपाल टेलिकमले गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षापछि आएको बाढी, पहिरो तथा डुबानबाट पीडित भएकाहरूलाई राहतस्वरुप एक करोड रुपैयाँ हस्तान्तरण गरेको छ।
कम्पनीमा कार्यरत कर्मचारीहरुको तर्फबाट भन्दै प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक करोड दुई लाख ७० हजार दुई सय १४ रुपैयाँ ८३ पैसाको चेक हस्तान्तरण गरेकी हुन्।
सो अवसरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकम राष्ट्रको सम्पत्ति रहेको उल्लेख गर्नुहुँदै संस्थाको साख उच्च राख्दै जनतालाई गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्ने गरी अगाडी बढ्न निर्देशन दिएको प्रवक्ता हरि ढकालले जानकारी दिए।
कात्तिक १३, २०८१ बुधबार १४:१३:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।