फुटबलको टिकट काट्न गएका खेल समर्थकलाई प्रहरीले न्याकेपछि...
काठमाडौं : नेपाल र बंगलादेशबीच हुने साफ महिला च्याम्पियनसिपको फाइनलको टिकट काट्न गएका दर्शकहरूमाथि प्रहरीले न्याकेको छ।
भद्रकालीको टिकट वितरण केन्द्रमा टिकट काट्न गएका खेल समर्थकहरूलाई प्रहरीले न्याकेको हो। हजारौंको संख्यामा उपस्थित दर्शकहरूले टिकट काट्न नपाएपछि त्यहाँ हल्ला गरेका थिए।
त्यसपछि प्रहरीले केही समर्थकलाई न्याकेको हो। ती समर्थकले जान्छु भन्दा पनि एक प्रहरी निरीक्षकले समर्थकलाई न्याकेका थिए। उनले न्याकेपछि डीएसपीले इन्स्पेक्टरलाई छोड्न आदेश दिएका थिए। त्यसपछि मात्र उनले छाडेको भिडियोमा देखिएको छ।
विहान छ बजेदेखि लाइन बस्दासमेट टिकट नपाएपछि समर्थक आक्रोशित हुनु स्वभाविकै थियो।
साफ च्याम्पियनसिपको लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिकटको लागि सम्झौता गरेको कम्पनीसँगको सम्झौता रद्द गरेपछि यस्तो अवस्था उत्पन्न भएको हो।
एन्फाले निकम्मापनले हजारौं सर्वसाधारणले सास्ती त पाए नै माहोल समेत अशान्त बन्न पुग्यो। सोमबारको सेमिफाइनलको अवस्था र टिकट वितरण स्थलमा भइरहेको अशान्त वातावरणको मुख्य जिम्मेवार एन्फा भएको खेल समर्थकहरू बताउँछन्।
कात्तिक १३, २०८१ बुधबार १३:१५:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।