गृहमन्त्री लेखकद्वारा कोरला नाकामा दुई कोठे अध्यागमन कार्यालय उद्घाटन

गृहमन्त्री लेखकद्वारा कोरला नाकामा दुई कोठे अध्यागमन कार्यालय उद्घाटन
चीनतर्फको विशाल अध्यागमन कार्यालयअगाडि नेपालको दुईकाेठे अध्यागमन उद्घाटन समारोह

काठमाडौं : गृहमन्त्री रमेश लेखकले मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा दुई कोठे अध्यागमन कार्यालय उद्घाटन गरेका छन्।

बुधबार विहान मन्त्री लेखकले तीन हजार आठ सय ४० मिटर उचाइमा रहेको अध्यागमन कार्यालय उद्घाटन गरेका हुन्। लोमान्थाङ चीनसँगको सीमा जोडिएको मुख्य मार्गमध्येको एक हो।

यहाँ चिनियाँ पक्षले ठूलो भवनसहितको अध्यागमन कार्यालय स्थापना गरिसक्दा नेपालले अहिलेसम्म गर्न सकेको थिएन। लामो समयको प्रतिक्षापछि निर्माण भएको दुई कोठे अध्यागमन कार्यालय अहिले उद्घाटन भएको हो।

उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायतका अन्य उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कात्तिक १३, २०८१ बुधबार १२:०१:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।