हङकङका बाबर हायतले कर्णालीबाट खेल्ने
काठमाडौं : हङकङका बाबर हायतले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्।
आगामी मंसिर १५ देखि शुरू हुने एनपीएलका लागि कर्णालीले बाबर हायतलाई अनुबन्ध गरेको जनाएको छ।
पाकिस्तानमा जन्मेर हङकङका लाग्दै खेल्दै आएका बाबरले यसअघि पनि नेपालमा आएर क्रिकेट खेलिसकेका छन्। उनीसँग नेपालमा धेरै क्रिकेट खेलेको अनुभव छ।
बाबरले हङकङका लागि २२ ओडिआई र ७९ टी२०आई म्याच खेलेका छन्। टी-२० आईमा उनले १ हजार ९१० रन बनाएका छन् भने १२२ रनको उच्च स्कोर हो। उनको नाममा दुई टी-२०आई शतक पनि छ।
बाबरले सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकपमा नेपाल विरुद्धकै खेलमा टी-२० आईमा डेब्यु गरेका थिए।
पावर हिटिङका लागि परिचित बाबरले टी-२० क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् र उनको आगमनले टिम अझै बलियो हुने कर्णालीले जनाएको छ।
बाबार कर्णालीले एनपीएलका लागि अनुबन्ध गरेको दोस्रो विदेशी खेलाडी हुन्। यसअघि कर्णालीले पाकिस्तानका हुसेन तलातलाई अनुबन्ध गरिसकेको छ।
नेपाली राष्ट्रिय टिमका पेस बलर सोमपाल कामी मार्की प्लेअर रहेको कर्णालीको मुख्य प्रशिक्षक राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल छन्।
कात्तिक १३, २०८१ बुधबार १०:३८:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।