दराज नेपालद्वारा छैठौं विक्रेता सम्मेलनको आयोजना, उत्कृष्ट १६ सम्मानित

दराज नेपालद्वारा छैठौं विक्रेता सम्मेलनको आयोजना, उत्कृष्ट १६ सम्मानित

काठमाडौं : नेपालकै अग्रणी अनलाइन बजार, दराज नेपालले ८ कार्तिकका दिन आफ्नो विक्रेता सम्मेलन ललितपुर सानेपामा रहेको हेरिटेज गार्डेनमा सम्पन्न गरेको छ।

‘ईम्पावरिंग सेलर्स, फ्यासिलिटेटिंग ग्रोथ’ नाराका साथ आयोजना गरिएको कार्यक्रम मार्फत दराज नेपालले दराज प्लेटफर्मको मेरुदण्डका रूपमा रहेका विक्रेताहरूको सम्मान तथा तिनलाई प्रोत्साहन गरेको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका अध्यक्ष माननीय अब्दुल खानको उपस्थिति रहेको थियो। उनले कार्यक्रममा परिवर्तनशील डिजिटल युगसँग अनुकूल हुन आजको आवश्यकता रहेको बताए।

कार्यक्रममा बोल्दै, दराज नेपालको प्रबन्ध निर्देशक आँचल कुँवरले दराजलाई आजका दिनसम्म ल्याइपुर्याउनमा विक्रेताहरूको मुख्य भूमिका रहेको भन्दै प्रशंसा गरिन्।

उनले भनिन्, ‘विक्रेताहरूको अथक मिहिनेत, परिश्रम, साथ र सहयोग नै दराजले पाएको यो सफलताको प्रखुख कारण हो।’

दराज सेलर समित क्याटगरि अवार्डका विजेताहरू:

  • सेलर अफ दि ईयर २०२४: मसलब्लेज (प्रोटिन नेपाल) र सेटाफिल
  • कस्टमर च्वाइस अवार्ड: म्हिचा
  • मनैदेखि नेपाली अवार्ड: नेपाल टि एक्स्चेन्ज
  • दराज स्पेशल रिकग्निशन अवार्ड: आर एन ईलेक्ट्रोनिक्स
  • टप न्यू एसएमई सेलर: ईकमर्स बजार
  • टप ईमर्जिंग सेलर: एभरस्को
  • टप सेलर- एफएमसीजी क्याटेगरी: बिराट हेल्थकेयर ईन्डस्ट्रिज
  • फ्ल्याश सेल हिरो - एफएमसीजी क्याटेगरी:ज्यासमिन हाइजिन प्रडक्ट्स
  • क्याम्पेन हिरो - एफएमसीजी क्याटेगरी: एयविबी
  • टप सेलर - फेशन क्याटेगरी: शुज स्पट
  • फ्ल्याश सेल हिरो - फेशन क्याटेगरी: ई-स्टोर्स
  • क्याम्पेन हिरो- फेशन क्याटेगरी: फ्यानसेरा
  • टप सेलर- ईलेक्ट्रोनिक्स क्याटेगरी: वानप्लस
  • फ्ल्याश सेल हिरो-ईलेक्टोनिक्स क्याटेगरी: उक्स-एज
  • क्याम्पेन हिरो - ईलेक्टोनिक्स क्याटेगरी: बोट ( टेलिटक )
  • टप सेलर - लाईफस्टाइल क्याटेगरी: ई-मेला
  • फ्ल्याश सेल हिरो- लाईफस्टाइल क्याटेगरी: एसपीएन‘स्
  • क्याम्पेन हिरो - लाईफस्टाइल क्याटेगरी: कामाख्या डेकोर
     

कात्तिक १३, २०८१ बुधबार ०९:५४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।