टक्सार विभागमा असर्फी किन्नेको घुइँचो (फोटो फिचर)

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज सुनको सिक्का (असर्फी) बिक्री गरेपछि टक्सार विभागमा सर्वसाधारणको भिड लागेको छ।
काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट राष्ट्र बैंकले असर्फी र चाँदीको सिक्का बिक्री गरिरहेको छ।
असर्फीका लागि सर्वसाधारण बिहान ६ बजेदेखि नै लाइनमा लागेका छन्। राष्ट्र बैंकले आज मात्र असर्फी बिक्री गर्न लागेको हो।
गुणस्तरीय सुन अभाव भएकाले थोरै असर्फी बनाइएको राष्ट्र बैंकले बताएको छ। यही कारण आज जो पहिले आउँछ उसैले पाउने गरी बिक्री गरिरहेको छ।
प्रतिव्यक्ति पाँच थान चाँदीको सिक्का बिक्री भइरहेको राष्ट्र बैंकले जनाएको छ।
कात्तिक १३, २०८१ मंगलबार १४:१२:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।