ज्योति विकास बैंकका ग्राहकलाई स्काइवेल नेपालमा विशेष छुट
काठामाडौं : ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई स्काइवेल नेपालमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। बैंकले काठमाडौंको कमलादीस्थित स्काइवेल नेपालमा २० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको हो।
सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका मार्केटिङ तथा ब्रान्डिङ विभागका प्रमुख कुशलजंग अधिकारी तथा स्काइवेल नेपालको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोहित ज्ञवालीले हस्ताक्षर गरे।
यस सम्झौतापश्चात, ज्योति विकास बैंकका ग्राहकहरूले स्काइवेल नेपालका भ्यू टावर भ्रमण गर्दा टिकट शुल्कमा छुट पाउनेछन्। ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।
हालै बैंकले पोखरास्थित कुटी रिसोर्टमा बैंकका ग्राहकहरूलाई २० प्रतिशतसम्मको
विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। साथै, बैंकले चितवनस्थित जंगल भिला रिसोर्ट र मकवानपुरस्थित प्रख्यात टिस्टुङ रिसोर्टमा बैंकका ग्राहकहरूलाई १५ प्रतिशतसम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।
ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ।
कात्तिक १३, २०८१ मंगलबार ११:३९:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।