एनआइएमबि एस क्यापिटलको आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह २०२४’

एनआइएमबि एस क्यापिटलको आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह २०२४’

काठमाडौं : एनआइएमबि एस क्यापिटल लिमिटेडले सिन्धुपाल्चोकमा लगानीकर्ता शिक्षा, सचेतना र बजारका विभिन्न पक्षहरुको बारे जानकारी दिएको छ।

‘विश्व लगानीकर्ता सप्ताह २०२४’ को सन्दर्भमा कात्तिक ९ गते सिन्धुपाल्चोकको चौतारामा रहेको कृष्ण रत्न माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्यनरत करिब १०० जना विद्यार्थीहरूलाई लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम गरेको हो।

कार्यक्रमको मुख्य उद्देश्य धितोपत्र बजारका लगानीकर्ताहरूलाई शिक्षा, सचेतना र बजारका विभिन्न पक्षहरूमा जानकारी प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ।

विश्व लगानीकर्ता सप्ताह २०२४ एक हप्ता लामो, अन्तर्राष्ट्रिय धितोपत्र बजार नियमनकर्ता संगठन (आईओएससीओ) द्वारा प्रवर्द्धन गरिएको विश्वव्यापी अभियान हो जसले लगानीकर्ता शिक्षा र संरक्षणको महत्वबारे चेतना जगाउन र यी दुई महत्वपूर्ण क्षेत्रहरूमा धितोपत्र नियामकहरूको विभिन्न पहलहरूलाई केन्द्रिकृत गर्दछ।

कार्यक्रममा लगानीकर्ता सप्ताह २०२४ को मुख्य विषयवस्तुसँग नेपाली सेयर बजारका विभिन्न पक्षहरुको सम्वन्धका बारेमा पनि छलफल गरिएको थियो। उक्त कार्यक्रममा स्मार्ट लगानीकर्ताका विशेषतासहित नेपाली लगानीकर्ताको व्यावहारिक पक्षबारे पनि छलफल गरिएको थियो।

कात्तिक १३, २०८१ मंगलबार ११:३०:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।