आज मन्त्रिपरिषद्को बैठक बस्दै, कुलमान घिसिङबारे निर्णय लिइने

आज मन्त्रिपरिषद्को बैठक बस्दै, कुलमान घिसिङबारे निर्णय लिइने

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

मन्त्रिपरिषद् बैठक मंगलबार साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको छ।

आजको बैठकमा विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङबारे निर्णय लिने तयारी रहेको स्रोतले जनाएको छ।

डेडिकेटेड र ट्रंकलाइनको महशुल नतिर्ने व्यवसायीको लाइन काटेपछि प्रधानमन्त्री ओली कुलमानसँग रुष्ट छन्। तीन महिनाअघि कुलमानले महशुल नतिर्ने उद्योगीहरूको लाइन काट्दा ओलीकै निर्देशनमा जोडेका थिए।

यसपटक कुलमानले महशुलको किस्ता नबुझाइ बिजुली नजोड्ने बताएपछि ‌ओलीले उनीविरुद्ध एक्सन लिन लागेको स्रोतले बतायो।

यसअघि नै कुलमानलाई बर्खास्त गर्न खोजेका ओलीले सार्वजनिक दबाबपछि पछि हटेका थिए। तर यसपटक भने ओलीले तिहारअघि कुलमानलाई प्रबन्ध निर्देशकबाट हटाउन सक्ने स्रोतको दाबी छ।

कात्तिक १३, २०८१ मंगलबार १०:३२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।