भारतको केरलस्थित एक मन्दिरमा पटाका विस्फोट हुँदा १५४ जना घाइते
एजेन्सी : भारतको केरलास्थित कासारगोडमा रहेको अञ्जुथम्बलम मन्दिरमा पटाका विस्फोट हुँदा एक सय ५४ जना घाइते भएका छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार सोमबार राति भएको दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन्।
मन्दिरमा आतिशबाजी गर्ने क्रममा यो दुर्घटना भएको हो। घाइतेहरूलाई कासारगोड, कन्नूर र मङ्गलुरुका विभिन्न अस्पतालमा लगिएको छ।
कासारगोडका कांग्रेस सांसद राजमोहन उन्निथनले भनेका छन्, ‘कासारगोडबाट एउटा दु:खद् खबर सुनिएको छ, यस घटनामा घाइते भएका १५४ जनालाई अस्पतालमा भर्ना गरिएको छ।’
थेय्याम उत्तरी मालाबारका जनताको पर्व भएको र यसप्रति प्रहरी सचेत नभएको उनको आरोप छ।
कात्तिक १३, २०८१ मंगलबार ०९:१८:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।