खसीको भनेर बाख्राको मासु बिक्री गर्नेलाई जरिवाना

खसीको भनेर बाख्राको मासु बिक्री गर्नेलाई जरिवाना

गोलबजार : सिरहाको लहानमा खसीको भनेर बाख्राको मासु बिक्री गर्नेलाई जरिवाना गरिएको छ।

लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा भएको बजार अनुगमन खसीको भनेर बाख्राको मासु बिक्री गरेको भेटिएपछि पाँच हजार रुपैयाँ जरिवाना गरिएको हो।

यसैगरी  ग्राहकको भीडभाड हुने लहान बर्गर हाउसले खानेतेल गुणस्तरहीन प्रयोग गरेको भनी ११ हजार जरिवाना गरिएको उपप्रमुख महतोले जानकारी दिए।

अनुगमन टोलीमा इलाका प्रशासन, घरेलु, प्रहरी, पत्रकारलगायतको सहभागिता थियो। उपभोक्ताबाट बजारमा ठगी भइरहेको भन्ने गुनासोपछि बजार अनुगमन गरेको र अनुगमनलाई निरन्तरता दिने उपप्रमुख महतोले बताए।

अनुगमनका क्रममा केही पसललाई सचेत समेत गराइएको थियो।

कात्तिक १३, २०८१ मंगलबार ०८:२३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।