पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं : देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ। कोशी प्रदेशलगायत देशका पहाडी भू-भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पहाडी भू-भागमा बिहान आंशिक बदली रहेको छ। बाँकी भू–भागमा आंशिक  बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहँदा देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशलगायत देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

विभागका अनुसार राति कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। 

कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

कात्तिक १३, २०८१ मंगलबार ०७:०८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।