अख्तियार प्रमुखलाई माओवादी सांसदको प्रश्न 'एमालेले मीनबहादुरबाट जग्गा दान लिएको भ्रष्टाचार हो कि हैन?'

अख्तियार प्रमुखलाई माओवादी सांसदको प्रश्न 'एमालेले मीनबहादुरबाट जग्गा दान लिएको भ्रष्टाचार हो कि हैन?'

काठमाडौं : भाटभटेनेका संचालक मीनबहादुर गुरूङले एमालेलाई जग्गा दान दिएको विषय प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा पनि उठेको छ। 

आज जारी बैठकमा माओवादी केन्द्रकी सांसद दुर्गा राईले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुखलाई १० रोपनी जग्गा लिनु भ्रष्टाचार हो कि हैन भन्दै प्रश्न गरेकी छन्। 

सांसद राईले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी कार्यालयका लागि १० रोपनी १४ आना जग्गा दान लिनु भ्रष्टाचार भएको दाबी गरिन्।

‘१० रोपनी १४ आना जग्गा सत्तारूढ दलले किन लिएको? भ्रष्टाचार गर्दिन भन्नेले किन लिएको? एम्नेष्टिले यसलाई भ्रष्टाचार भनेको छ। म अख्तियार प्रमुखबाट उत्तर चाहन्छु त्यो भ्रष्टाचार भ्रष्टाचार हो कि हैन?’ उनले सोधिन्।

राज्य व्यवस्था समितिमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमाथि छलफल भइरहेको छ। छलफलमा अख्तियारका प्रमुख आयुक्त राई पनि उपस्थित छन्।

कात्तिक १२, २०८१ सोमबार १५:१३:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।