पाकिस्तानी प्रशिक्षक किस्टनले छ महिनामै दिए राजीनामा

पाकिस्तानी प्रशिक्षक किस्टनले छ महिनामै दिए राजीनामा

काठमाडौं : ग्यारी किस्टनले पाकिस्तानको एकदिवसीय (ओडीआई) र टी-२० टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन्।

किस्टनलाई यस वर्षको अप्रिलमा दुई वर्षका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले नियुक्त गरेको थियो।

तर, उनले मात्र छ महिनामै आफ्नो पद त्याग गरेका छन्। किस्टर्नको राजीनामाले पाकिस्तानको अष्ट्रेलिया भ्रमणभन्दा एक हप्ता अघि विवाद र असन्तुष्टि देखिएको छ।

पीसीबीले किस्टनको ठाउँमा टेस्ट टोलीका प्रशिक्षक जेसन गिलेस्पीलाई अस्ट्रेलिया भ्रमणको लागि प्रशिक्षक बनाउने निर्णय गरेको छ।

पाकिस्तान क्रिकेट बोर्ड र नव नियुक्त प्रशिक्षकहरू किस्टन र गिलेस्पीबीच असन्तुष्टि बढ्दै गएको थियो। पीसीबीले दुवै प्रशिक्षकहरूलाई टोली चयनको अधिकारबाट बञ्चित गर्दै छुट्टै छनोट समितिलाई यस जिम्मेवारीमा राखेको थियो। 

गिलेस्पीले यस विषयमा खुलेर असन्तोष व्यक्त गरेका थिए र तेस्रो टेस्ट खेलअघि ‘म त अब केवल खेल विश्लेषक बनेको छु, जुन मैले सम्झौता गरेको थिएन’ भनेर प्रतिक्रिया दिएका थिए।

किस्टनले यस विषयमा सार्वजनिक रूपमा केही टिप्पणी नगरे पनि उनी समेत यस निर्णयमा असन्तुष्ट रहेको बुझिएको छ।

पाकिस्तानको नयाँ कप्तानको घोषणा र टिम चयनको प्रक्रियामा किस्टनको सुझावलाई बेवास्ता गरिएको थियो। 

नयाँ कप्तान मोहम्मद रिजवानको घोषणा प्रेस कन्फरेन्समा गर्दा बोर्ड अध्यक्ष मोहसिन नकवी, चयन समिति सदस्य आकिब जावेद र कप्तान र उपकप्तान सलमान आघा मात्र उपस्थित थिए, जबकि किर्स्टन देशमै थिएनन्।

पाकिस्तानले इंग्ल्याण्डसँग पहिलो टेस्ट गुमाएपछि तेस्रो पटक तीन महिनामा नयाँ चयन समिति बनाइएको थियो। यस समितिमा आकिब जावेद, अलीम डार, अजहर अली, असद सफिक र हसन चीमा समावेश थिए । प्रशिक्षकहरू र कप्तानलाई टिम चयन प्रक्रियाबाट हटाइएको थियो। 

दोस्रो टेस्ट जित्नका लागि मुल्तानमा पुनः प्रयोग गरिएका पिच तयार गर्ने विचारको मूल योजनाकार अलीम डार रहेको बुझिएको थियो।  

किस्टनले आफ्नो ओडीआई कोचिङ क्षमता प्रदर्शन गर्न पाउनुअघि नै पद छोड्नुपर्ने अवस्थामा आइपुगे। 

पाकिस्तानले लामो समय लगाएर उच्चस्तरीय प्रशिक्षक खोजेपछि किस्टनको नियुक्ति गरेको थियो। जसले भारतलाई २८ वर्षमा पहिलो ओडीआई विश्वकप जिताएका थिए।  

किस्टनको पहिलो ठूलो प्रतियोगिता संयुक्त राज्य अमेरिकामा भएको टी-२० विश्वकप थियो, जसमा पाकिस्तानले अमेरिका र भारतसँग पराजय भोग्दै पहिलो चरणमै प्रतियोगिताबाट बाहिरिएको थियो। यस पराजयपछि बाबर आजमले दोस्रो पटक ह्वाइट–बल कप्तान पद छोडेका थिए। 

किस्टनलाई लामो समय दिएर टोली निर्माणको समय चाहिने बताइएको थियो, सन् २०२५ मा घरेलु आईसीसी च्याम्पियन्स ट्रफीका लागि।

पाकिस्तानको अष्ट्रेलिया भ्रमणमा तीन ओडीआई र तीन टी-२० समावेश छन्। 

नोभेम्बर ४ मा मेलबर्नमा पहिलो ओडीआई खेलबाट सुरू हुँदैछ।   

कात्तिक १२, २०८१ सोमबार १४:४२:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।