‘माग्ने’ले खेल्ने अनमोलको ‘जेरी अन टप’को शुभमुहूर्त, भुवन केसी र सुरक्षा पन्त अनुपस्थित
काठमाडौं : आगामी फागुन २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जेरी अन टप’को शुभमुहूर्त भएको छ। सोमबार बिहान ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरमा सोमबार मुहूर्त गरिएको हो।
जेरीकै कलाकार अनमोल केसीको शीर्ष अभिनय रहने यो फिल्मलाई सुयोग गुरूङको निर्देशन गर्दैछन्।
यो फिल्ममा अनमोलका साथमा जसिता गुरूङ, आँचल शर्मा, भुवन केसी, विपना थापा, केदार घिमिरे (माग्नेबुढा), सुरक्षा पन्त, निर्मल शर्मा लगायत कलाकारहरूको अभिनय रहनेछ।
मुर्हत कार्यक्रममा अधिकांश कलाकारहरू उपस्थित हुँदा भुवन केसी र सुरक्षा पन्त भने उपस्थिति रहेको थिएन।
अनमोल केसी र सुयोग गुरुङले फिल्म ‘फर्की फर्की’मा सहकार्य गरेका थिए। जुन फिल्म फ्लप भएको थियो। यहि फिल्मबाट अभिनेता भुवन केसीले तीन वर्षपछि अभिनयमा फर्कन लागेका छन्। यसअघि उनले डाँडाको पिपलमा अभिनय गरेका थिए।
निर्माण पक्षका अनुसार मुहूर्तसँगै फिल्मको छायांकन आजैबाट शुरू भएको छ। काठमाडौं, लुक्ला र भारतको लद्दाखमा छायांकन गरिने यो फिल्मको ५० दिनमा सकाउने सेड्युल निर्माण पक्षको छ।
अनन्या फिल्म्सको प्रस्तुतिमा निर्माण थालिएको यो फिल्मलाई सरोज न्यौपानेले लगानी गरेका हुन्।
कात्तिक १२, २०८१ सोमबार १२:५२:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।