वर्तमान सरकार राजनीतिक स्थिरता कायम गर्न बनेको उपप्रधानमन्त्री सिंहको दाबी
चितवन : उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि वर्तमान सरकार बनेको बताएका छन्।
नेपाली कांग्रेस चितवनले आयोजना गरेको दिपावली विशेष कार्यक्रममा राजनीतिक स्थिरता र स्थायित्व दिएर जनताको पिरमर्कालाई चाँडो सम्बोधन गर्नेतर्फ अहिलेको सरकार लागिपरेको बताए।
उपप्रधानमन्त्री सिंहले भने, ‘विधिको शासन कायम गर्नेतर्फ हाम्रो प्रयास रहन्छ।’
फरक प्रसङगमा उनले कांग्रेसलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए।
‘पार्टीभन्दा पनि व्यक्ति र समूहलाई महत्व दिँदा हामी गन्तव्यमा पुग्न सक्दैनौँ। पार्टीभित्रको चुनौती भनेको व्यवस्थापन कार्य नै हो’, उपप्रधानमन्त्री सिंहले भने।
नेपाली कांग्रेसको नेतृत्वबाट जारी सङ्घीय लोकतान्त्रिक समावेशी संविधानको भावना र मर्मअनुसार त्यसलाई अक्षरशः पालना गरेर त्यसको आधारमा राजनीतिक स्थायित्व कामय गर्दै विकासलाई सँगै लैजानुपर्ने उनले उल्लेख गरे।
कात्तिक १२, २०८१ सोमबार १२:१४:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।