बिराज भट्टले किन मिल्काए हल म्यानेजरले दिएको फूलको गुच्छा ?

बिराज भट्टले किन मिल्काए हल म्यानेजरले दिएको फूलको गुच्छा ?

काठमाडौं : विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’ले अहिले देशव्यापी रुपमा राम्रो कमाइ गरिरहेको छ। फिल्मको निर्माण पक्षको दाबी मान्ने हो भने ‘छक्का पन्जा ५’ भन्दा बढी रकम यो फिल्मले कलेक्सन गरेको छ।

लामो समयपछि नेपाली फिल्म क्षेत्रमा कमब्याक गरेक बिराज फिल्म चलेसँगै अहिले हल-हल चहारिरहेका छन्। हल भिजिटको क्रमको एक भिडियो अहिले सामजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ।

हल भिजिटका लागि नेपालगन्जको बागेश्वरी सिनेमा हलमा पुगेका उनलाई हलका म्यानेजरले सम्मानस्वरुप दिएको फूलको गुच्छा मिल्काइदिए। छोरा समिरसहित उनी बागेश्वरी सिनेमान पुगेका थिए।

भिडियोमा दिइएको फूलको गुच्छा बिराजले झनक्कै रिसाएर टेबुलमा मिल्काउँछन्। यो भिडियो अहिले सामाजिक सञ्जाल र टिकटकमा भाइरल छ। उनी फूलको गुच्छा मिल्काएर बाहिर निस्किएको भनिएको छ तर भिडियोमा फालेको दृश्य मात्रै भेटिन्छ।

विराजका एक नजिकका मित्रका अनुसार उनले आफ्नो फिल्मको पोस्टर नराखिएको भन्दै बागेश्वरी सिनेमा हलको स्वागतलाई लत्याएका हुन्। फिल्म रिलिज भएको तेस्रो हप्तामा प्रवेश गर्दा समेत हलवालाले आफ्नो फिल्मको पोस्टर हलमा नराखेको भन्दै रिसाएर हिँडेका हुन्।

विराज भट्टको निर्देशनमा बनेको यो फिल्ममा विराज, समिरका अलवा सोनु चन्द्रपाल, दिया मास्के, मुरलिधर, सनिसा भट्टराई, नरेन खड्का, न्यान्सी खड्का, स्टन्ट सिल्भा, सन्तोष सरकार, कनिज कोइराला लगायतको अभिनय छ।

यो फिल्म दीपकराज गिरीको टिमको ‘छक्का पञ्जा ५’ र जितु नेपाल अभिनित ‘ज्वाइँ साब’सँग भिडेको थियो। यसअघि बिराजले फिल्म ‘साङ्लो’निर्माण गरेका थिए। त्यो फिल्म पत्तासाफ भएको थियो।

कात्तिक १२, २०८१ सोमबार १०:४२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।