रास्वपाले बालुवाटार केन्द्रीत आन्दोलन गर्ने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो सभापतिमाथिको राजनीतिक प्रतिशोध विरुद्धको आन्दोलन प्रधानमन्त्रीको सरकार निवास घेर्नेतर्फ केन्द्रित गरेको छ।
कात्तिक १३ गते मंगलबार दिउँसो १२ बजे काठमाडौंमा हुने आन्दोलन बालुवाटार केन्द्रित रहेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
आइतबार अबेर सो पार्टीले कात्तिक १३ गतेको विरोध कार्यक्रमको स्थल बालुवाटार चोक तोकेको हो।
मंगलबार देशभरबाट नेता तथा कार्यकर्ता आन्दोलनमा सहभागी हुने रास्वपाले जनाएको छ।
कात्तिक १२, २०८१ सोमबार ०९:५२:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।