लक्ष्मी सन्राइज बैंकद्वारा पोखरामा शाखा स्थानान्तरण
काठमाडौं : लक्ष्मी सन्राइज बैंकले कास्कीको पोखरामा आफ्नो शाखा स्थानान्तरण गरेको छ।
बैंकको पोखरा महानगरपालिका-२६ स्थित बुढीबजारमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा नम्बर ६ स्थित हल्लनचोक (लेकसाइड) मा स्थानान्तरण गरिएको छ।
स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकले सोही महानगरपलिका-२७ स्थित लेखनाथ (तालचोक) शाखा मार्फत सेवा लिन सक्नेछन्।
सेवा विस्तारकै क्रममा बैंकले आफ्नो २७औं एक्स्टेन्सन काउन्टर पोखरा महानगरपलिका-१६ स्थित बाटुलेचौरमा स्थापना भएको हो।
साथै ग्राहकको सहजताका लागि रौतहट जिल्लाको गौर नगरपलिका-३ मा रहेको शाखा कार्यालय सोही वडाको ३० मिटर पूर्व तर्फ स्थानान्तरण भएको छ।
स्थानान्तरण भए सँगै लक्ष्मी सन्राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ। स्थानान्तरण भएका शाखाहरूले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरु प्रदान गर्नेछ।
हाल लक्ष्मी सन्राइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३२१ एटिएम, २७ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ एजेन्ट रहेका छन्।
कात्तिक १२, २०८१ सोमबार ०९:०३:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।