प्राइम कमर्सियल बैंकद्वारा लाभांश घोषणा

प्राइम कमर्सियल बैंकद्वारा लाभांश घोषणा

काठमाडौं : प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको आइतबार बिहान बसेको बैठकले सेयरधनीलाई करसहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।

लगानीकर्तालाई ९७ करोड १ लाख २८ हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरिएको बैंकले जनाएको छ।

सञ्चालक समितिको निर्णय नेपाल राष्ट्र बैंकले स्वीकृत गर्नुका साथै बैंकको साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीले लाभांश पाउनेछन्।

कात्तिक १२, २०८१ सोमबार ०८:५७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।