आजको मौसम : पहाडी भेगमा हल्का वर्षाको सम्भावना

आजको मौसम : पहाडी भेगमा हल्का वर्षाको सम्भावना

काठमाडौं : देशका पहाडी भूभागमा सोमबार हल्का वर्षाको सम्भावना छ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।

दिउँसो पहाडी भूभागमा आंशिक बदली हुँदा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार राति पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। 

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

विभागका अनुसार हाल देशभर पश्चिमी वायुको साथै पहाडी भूभागमा स्थानीय वायुको आंशिक प्रभाव छ।

कात्तिक १२, २०८१ सोमबार ०७:१२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।